नेप्से २ दशमलव ४९ ले बढ्दा डेढ अर्बमाथिकाे काराेबार

 माघ २०, २०७६ सोमबार १६:५७:५० | रासस
unn.prixa.net

काठमाण्डाै – साेमबार पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार साेमबार नेप्से २ दशमलव ४९ अङ्कले बढेर एक हजार ३४९ दशमलव १३ मा पुगेको छ । 

यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव १६ अङ्कले बढेर २८७ दशमलव ९१ मा पुगेर रोकिएको छ । परिसूचकमा सामान्य वृद्धि हुँदा कारोबार रकम भने डेढ अर्ब नाघेको छ । 

स्टकका अनुसार कुल १७७ कम्पनीका ४७ लाख ४८ हजार ८२९ कित्ता शेयर एक अर्ब ६१ करोड १७ लाख १९ हजार २०३ रुपैयाँमा खरिद–बिक्री भए । कारोबार भएका १२ मध्ये पाँच उपसमूहको शेयर मात्र बढेको छ । साेमबार सबैभन्दा बढी निर्जीवन बीमा उपसमूहको शेयर बढेको छ । निर्जीवन बीमा ५९ दशमलव २७ अङ्कले बढ्दा जलविद्युत् ४८ दशमलव ४४, विकास बैंक ३० दशमलव ५८, अन्य शून्य दशमलव ४४ र सामूहिक लगानी कोषको शेयर शून्य दशमलव ०६ अङ्कले बढेको छ ।   

यसैगरी सबैभन्दा बढी जीवन बीमा उपसमूहको शेयर ४२ दशमलव ८ अङ्कले ओरालो लागेको छ । होटल १७ दशमलव ०१ अङ्कले घट्दा लघुवित्त ७ दशमलव ७५, बैंक ३ दशमलव ३६, उत्पादन ३ दशमलव १३, व्यापार २ दशमलव ३८ र वित्त शून्य दशमलव ७९ अङ्कले घटेको छ ।   

कारोबार रकमका आधारमा नेको इन्सुरेन्स शीर्ष स्थानमा रह्यो । याे कम्पनीको शेयर छ करोड ५६ लाख ६० हजार ४८१ रुपैयाँमा खरिद–बिक्री भयो । यस्तै ग्लोबल आइएमई बैंकको पाँच करोड एक लाख ९१ हजार ८२४ रुपैयाँ, नेपाल इन्सुरेन्स कम्पनीको चार करोड ९९ लाख २० हजार ३६६ रुपैयाँ, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको चार करोड ८१ लाख ५० हजार ५८३ रुपैयाँ, प्रभु बैंकको चार करोड १९ लाख १८ हजार ५७२ रुपैयाँ र ग्रामीण विकास बैंकको शेयर चार करोड आठ लाख तीन हजार ७१५ रुपैयाँमा खरिद–बिक्री भयो ।   

बढेको बजारमा सबैभन्दा बढी मल्टिप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी ५ दशमलव २२ प्रतिशतले गुमाए । यस्तै युनियन हाइड्रोपावर ३ दशमलव ५०, समृद्धि फाइनान्स कम्पनी २ दशमलव ८८, गुडविल फाइनान्स कम्पनी २ दशमलव ७३, विजय लघुवित्त वित्तीय संस्था २ दशमलव ६०, पोखरा फाइनान्स २ दशमलव ४८ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २ दशमलव ४७ प्रतिशतले गुमाए ।   

ग्रामीण विकास बैंकका लगानीकर्ताले ९ दशमलव ३६ प्रतिशतले कमाउँदा नेशनल हाइड्रोपावर कम्पनी ९ दशमलव २६, छ्याङ्दी हाइड्रोपावर ९ दशमलव ०९, रसुवागढी हाइड्रोपावर ८ दशमलव ५४, सानिमा माई हाइड्रोपावर ८ दशमलव ५० र चिलिमे हाइड्रोपावरका शेयरधनीले ७ दशमलव ७८ प्रतिशतले कमाए ।  

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया