मनाङकाे अपराजित यात्रामा पूर्णविराम, जावलाखेलले ब्रिगेड ब्वाइजलाई हरायाे

 माघ २०, २०७६ सोमबार १७:५५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दीकाे अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

लिगको दशौं चरणमा आएर मनाङ च्यासल युथ क्लबसँग दुई–शून्यले पराजित भएको हाे । यो हारले मनाङलाई उपाधि यात्रामा ठूलो धक्का लागेको छ ।

सातदोबाटोकाे एन्फा मैदानमा भएको खेलमा च्यासलका लागि खेलको २४औँ मिनेटमा टेइगी नाकामुराले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । खेलकाे ९४औँ मिनेटमा सन्ताेष साहुखलले गाेल गरेपछि मनाङले पहिलाे हार ब्यहाेर्‍याे । 

यो हारपछि मनाङले लिगको शीर्ष स्थानमा रहेको आर्मीसँगको अङ्क बराबरी गर्ने सुनौलो मौका गुमायो । मनाङकाे १० खेलमा १९ अङ्क छ र आर्मीसँग तीन अङ्कले पछाडि परेको छ ।

त्यस्तै साेमबार नै भएकाे अर्काे खेलमा जावलाखेल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबलाई एक–शून्य गाेल अन्तरले पराजित गरेको छ ।

जावलाखेलको जितमा सुजित बुढाथोकीले निर्णायक गोल गरे । खेलको ३२औँ मिनेटमा सुजितले गोल गर्दै जावलाखेललाई महत्वपूर्ण ३ अङ्क दिलाए । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया