जब प्रधानमन्त्री ओलीले सारङ्गी र बाँसुरी बजाउनुभयाे...

 माघ २२, २०७६ बुधबार ९:२३:४१ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार ‘सारङ्गी साँझ’ कार्यक्रममा सहभागी हुनुभयाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित नेपाली मौलिक बाजा र धुनहरुको ‘सारङ्गी साँझ’ मा उहाँ सहभागी हुनुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सारङ्गी र बाँसुरी बजाउनु भएको कला प्रतिष्ठानका महासचिव डा. देवी नेपालले जानकारी दिनुभयो । 'पहिले उहाँले एक्लै सारङ्गी बजाउनुभएको थियो', डा. नेपालले भन्नुभयो, 'त्यसपछि पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सारङ्गी र प्रधानमन्त्री ओलीले बाँसुरी बजाउनुभएको थियो ।' 

डा. नेपालले प्रधानमन्त्री, मन्त्रीगणलाई मौलिक बाजा र धुनको संरक्षण गर्नुपर्दछ भन्ने सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

सारङ्गी साँझमा पूर्वको लिम्बू जातिको पालमदेखि सुदूरपश्चिम प्रदेशको देउडासम्मकोे १० प्रकारका धुन बजाइएको थियो ।

नाट्य प्रतिष्ठानका झण्डै ३० जना कलाकारले विभिन्न बाजाको धुन बजाएका थिए । धुनको संयोजन नाट्य प्रतिष्ठानका प्राज्ञ सदस्य अशोक राईले गर्नुभएको हो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया