जापान : पानी जहाजमा यात्रा गरिरहेका १० जनामा काेराेना भाइरसकाे सङ्क्रमण देखियाे

 माघ २२, २०७६ बुधबार १२:४:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – जापानको योकोहामा बन्दरगाहमा जहाजमा यात्रा गरिरहेका कम्तीमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएकाे स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । 

'डायमण्ड प्रिन्सेस' नाम गरेको जहाजमा रहेका तीन हजार सात सय यात्रुमध्ये तीन सय यात्रुको परीक्षण गरिसकिएको छ । परीक्षण गर्दै जाँदा सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने बताइएको छ । 

गएको महिना जहाजमा यात्रा गरिरहेका हङकङका एक जना ८० वर्षीय वृद्ध भाइरसका बिरामी परेपछि जाँच सुरु भएको थियो ।  

जापानको राष्ट्रिय प्रसारण सङ्गठन 'एनएचके' ले सङ्क्रमण देखिएको १० जना नै ५० वर्षभन्दा माथिका रहेको बताएको छ । 

चार जना ५० वर्ष, चार जना ६० वर्ष, एक जना ७० वर्ष र अर्का एक जना ८० वर्षका रहेका बताइएको छ । 

सङ्क्रमण देखिएका मध्ये दुई जना जापानी नागरिक रहेको बताइएको छ । तर सङ्क्रमण देखिएका मध्ये कोही पनि गम्भीर अवस्थामा नरहेको एनएचकेले जनाएको छ । 

जापानी स्वास्थ्य मन्त्री कसुनोबु कातोले बुधबार सञ्चारमाध्यमसँग भने, ‘सङ्क्रमण देखिएकाहरुलाई स्वास्थ्य संस्थामा पठाइएको छ ।’

कोरोनाकोक कारण चीनमा ४ सय ९० जनाको ज्यान गएको छ भने चीनबाहिर २ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २० हजार नाघिसकेको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया