पहिलाे एक दिवसीय : न्युजिल्याण्डद्वारा भारत चार विकेटले पराजित

 माघ २२, २०७६ बुधबार १७:१९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतविरुद्धको एक दिवसीय क्रिकेटमा न्युजिल्याण्ड विजयी ४ विकेटले विजयी भएको छ । पाँच टी-२० श्रृङ्खला क्लिन स्वीप गरेको भारतले न्युजिल्याण्डलाई एक दिवसीय क्रिकेटमा दिएकाे ३४८ रनको लक्ष्य भने जोगाउन असफल बन्यो ।

ह्यामिल्टनमा भारतले दिएको ३४८ रनको लक्ष्य घरेलु टोली न्युजिल्याण्डले ४८.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । टस हारेर पहिलो ब्याटिङ गरेको भारतले ३४७ रनको विशाल लक्ष्य बनायो ।

जवाफमा किवी टीमका रस टेलरको नटआउट १०९ ररनको शतकीय पारिको मद्दतले ११ बल बाँकी छँदै जित दर्ता गर्न सफल भयो । उनले ८४ बलमा १० चौका र चार छक्का प्रहार गरेका थिए । त्यस्तै हेनरी निकोल्सले ७८, टम ल्याथमले ६९ रन बनाए । मार्टिन गप्टिलले ३२ रनको योगदान दिए । 

बलिङतर्फ भारतका कुलदिप यादवले दुई विकेट लिए भने शार्दुल ठाकुर र रवीन्द्र जडेजाले एक एक विकेट हात पारे । न्युजिल्याण्डका दुई खेलाडी रनआउट भएका थिए । 

न्युजिल्यान्डको यो भारतविरुद्ध सबैभन्दा ठूलो रन चेज पनि हो । जितसँगै न्युजिल्याण्डले तीन एक दिवसीय क्रिकेट श्रृङ्खलामा १-० को अग्रता बनाएको छ । अब दोस्रो खेल ८ फेब्रुअरीमा हुने छ ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले श्रेयश अय्यरको शतकीय योगदानको सहयोगमा चार विकेट गुमाएर ३४७ रन बनाएको थियो । श्रेयसले १०३ रनको योगदान दिए भने केएल राहुलले ६४ बलमा ८८ रन बनाए । विराट कोहलीले पनि ५१ रनको अर्धशतकीय योगदान दिए ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया