मागपत्र प्रमाणीकरणको नक्कली कागजात बनाएर रकम असुल्नेसँग सचेत हुन म्यानपावरलाई दूतावासको आग्रह

 माघ २२, २०७६ बुधबार १७:२५:५४ | उज्यालो सहकर्मी

काठमाण्डौ – मागपत्र प्रमाणीकरण सम्बन्धी नक्कली कागजात बनाएर म्यानपावर कम्पनीसँग रकम असुल्नेसँग बच्न सबै म्यानपावरहरुलाई मलेसियामा रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।

मागपत्र प्रमाणीकरणसँग सम्बन्धित नगदी रसिद, मागपत्र, करारपत्र, पावर अफ अटोमी लागायतका कागजात नक्कली बनाई म्यानपावर कम्पनीसँग रकम असुल्ने र ठग्ने गरेको सूचना प्राप्त भएको भन्दै दूतावासले सचेत हुन सबै इजाजत प्राप्त म्यानपावरको ध्यानाकर्षण गराएको हो ।

नेपाल र मलेसियाबीच भएको समझदारी अनुसार नेपाली श्रमिकको छनोटदेखि घर फिर्तीसम्मको रकम रोजगारदाताले नै व्यर्होने हुँदा कुनै पनि म्यानपावरले मागपत्र प्राप्त गर्न कुनै रकम तिर्न पर्दैन ।

दूतावासबाट प्रमाणीकरण भएका मागपत्र अनलाइन प्रणालीमा म्यानपावर कम्पनीलाई समेत जान्छ ।

त्यसैले गैरकानुनी रुपमा नक्कली कागजात बनाएर रकम असुल्ने कोही भएमा सजग रहन र त्यस्तो कार्यको सूचना दिन पनि दूतावासले आग्रह गरेको छ । मागपत्र प्रमाणीकरणको कागजातको आधिकारिकता बुझ्न र कुनै शंका लागेमा दूतावासमा सम्पर्क गर्न सकिनेछ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया