भ्रष्टाचारको मुद्दा दायर भएसँगै गच्छदार सांसद पदबाट निलम्बित

 माघ २२, २०७६ बुधबार १९:१५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

माण्डाै - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै गच्छदार सांसद पदबाट स्वतःनिलम्बित भएका हुन् ।
बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको घटनामा दोषी रहेको भन्दै अख्तियारले गच्छदारसहित १७५विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्बन्धी ऐनमा सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्दा चलेको अवस्थामा मुद्दाको किनारा नभएसम्म स्वत: निलम्बन हुने व्यवस्था छ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया