खाँदबारी–चैनपुर सडकखण्डमा काम गरिरहेकाे एक्स्क्याभेटरमा आगजनी

 माघ २३, २०७६ बिहिबार २०:३०:३५ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभाको पाँचखपन नगरपालिका-५, खमारेमा नचिनेका मानिसहरुकाे समूहले एक्स्क्याभेटरमा आगजनी गरेका छन् ।

खाँदबारी–लिङलिङ–चैनपुर सडक खण्डमा काम गरिरहेको बा.२ क ३२९३ नम्बरको एक्स्क्याभेटरमा मंगलबार राति आगजनी भएको हो । आगजनीबाट एक्स्क्याभेटरको पार्टपूर्जामा क्षति पुगेको ओएसिस इन्जिनियर्स एण्ड बिल्डर्स प्रालिले जनाएकाे छ । 

ओएसिस इन्जिनियर्स एण्ड बिल्डर्स प्रालिले खाँदबारी–लिङलिङ–चैनपुर सडक खण्डमा काम गरिरहेको छ । कसले कुन उद्देश्यले एक्स्क्याभेटरमा आगजनी गर्‍याे भन्ने थाहा नभएको कम्पनीले जनाएकाे छ । अहिलेसम्म कसैले पनि घटनाकाे जिम्मा नलिएको  र आगजनी गर्ने समूहको खोजी भइरहेको संखुवासभा प्रहरीले जनाएको छ । 

यसअघि पनि मादी नगरपालिकाको ओखरबोट सडकखण्डमा काम गरिरहेको एक्स्क्याभेटरमा नचिनेका मानिसका समूहले आगजनी गरेको थियो । अहिलेसम्म त्यस घटनामा संलग्नहरुकाे पहिचान हुन सकेको छैन । 

अन्तिम अपडेट: चैत १४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया