आईसीसी विश्वकप लिग २ छनाेट : नेपालद्वारा अमेरिकासामु १९१ रनको लक्ष्य

 माघ २५, २०७६ शनिबार १३:५०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्वकप लिग २ मा नेपालले अमेरिकालाई १९१  रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले इनिङ समाप्तिको चार बलअघि अलआउट हुँदै १९० रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालको इनिङमा कुशल मल्ल र विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गरे ।

पाँच विकेट जाँदा ४९ रनको धरासायी अवस्थामा रहेको नेपालका लागि विनोद र कुशलले ८४ रनको साझेदारी गरेका थिए । त्यसअघि ओपनर सुवाष खकुरेल तीन रन, ज्ञानेन्द्र मल्लले २१ रन, पारस खड्काले १९ रनको योगदान दिए । त्यसपछि दिपेन्द्र सिंह ऐरी डकआउट हुँदा आरिफ शेखले पनि दुई रनभन्दा बढीको योगदान दिन सकेनन् ।

त्यसपछि कुशल मल्लले ५१ बलमा ५० रनको अर्धशतकीय योगदान दिए । उनी एक दिवशीय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडीको रेकर्ड समेत बनाउन सफल भए । त्यसपछि करण केसी १२ रन र सन्दीप लामिछाने खाता खोल्न नपाउँदै आउट भएका थिए ।

विनोदले ७९ बलमा ५९ रनको योगदान दिएर रस्टी थेरनको बलमा अक्षय होमराजबाट क्याच आउट भए । सुशन भारीले ११ रन बनाए । बलिङतर्फ क्यामरुन स्टेभेन्सनले तीन विकेट लिँदा रस्टी थेरन र सौरभ नेत्राभाल्करले दुई दुई विकेट लिए ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया