आईसीसी विश्वकप लिग २ छनाेट : नेपाललाई चाैथाे सफलता, करण र सन्दीपकाे दुई-दुई विकेट

 माघ २५, २०७६ शनिबार १४:४०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आईसीसी विश्वकप लिग २ एक दिवसीय क्रिकेटमा नेपालले अमेरिकाविरुद्ध चाेथो सफलता हात पारेको छ ।
नेपालका लागि करण केसी र सन्दीप लामिछानेले अहिलेसम्म दुई दुई विकेट लिइसकेका छन् ।

१९१ रनको लक्ष्य पछ्याएको अमेरिकालाई पहिलो झड्का दिन नेपालका सन्दीप लामिछाने सफल भए । दोस्रो ओभरमै स्पिन बलिङ लिएर आएका सन्दीपले अमेरिकाको ६ रन हुँदा पहिलो सफलता दिलाएका हुन् । अमेरिकाका आरोन जोन्सलाई सन्दीपले एलबीडब्ल्यूको धरापमा पारेका थिए । जोन्स ५ रन बनाएर आउट भए । अर्को ओभरमा करण केसीले नेपाललाई दोस्रो सफलता दिलाए । करणले स्टेभन टेलरलाई आउट गरेका हुन् । टेलरले खाता खोल्न सकेनन् ।

नेपाललाई चौथो सफलता सन्दीपले दिलाए । व्यक्तिगत दोस्रो विकेट हात पार्ने क्रममा सन्दीपले मोनाक पटेललाई एलबीडव्ल्यूको धरापमा पारेका हुन् । ४ ओभरमा १३ रन बनाउँदा अमेरिकाले ४ विकेट गुमाएको छ ।

नेपालका सन्दीपले चितवनमा निर्माणाधिन गौतमबुद्ध र‌ंगशाला निर्माणका लागि यो सिरिजमा प्रत्ययक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया