आईसीसी विश्वकप लिग २ छनाेट : नेपाललाई पाँचाैँ सफलता

 माघ २५, २०७६ शनिबार १५:६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्वकप लिग २ एक दिवसीय क्रिकेटमा नेपालले पाँचौं सफलता हात पारेको छ । 

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले अहिलेसम्म दुई दुई विकेट लिइसकेका छन् । भने सुशन भारीले पनि आफ्नो स्पेलको पहिलो बलमै विकेट लिएपछि नेपालले पाँचौं सफलता हात पारेको हो ।

१९१ रनको लक्ष्य पछ्याएको अमेरिकालाई पहिलो झड्का दिन नेपालका सन्दीप लामिछाने सफल भए । दोस्रो ओभरमै स्पिन बलिङ लिएर आएका सन्दीपले अमेरिकाको ६ रन हुँदा पहिलो सफलता दिलाएका हुन् । अमेरिकाका आरोन जोन्सलाई सन्दीपले एलबीडब्ल्यूको धरापमा पारेका थिए ।

जोन्स ५ रन बनाएर आउट भए । अर्को ओभरमा करण केसीले नेपाललाई दोस्रो सफलता दिलाए । करणले स्टेभन टेलरलाई आउट गरेका हुन् । टेलरले खाता खोल्न सकेनन् ।

नेपाललाई चौथो सफलता सन्दीपले दिलाए । व्यक्तिगत दोस्रो विकेट हात पार्ने क्रममा सन्दीपले मोनाक पटेललाई एलबीडव्ल्यूको धरापमा पारेका हुन् । ४ ओभरमा १३ रन बनाउँदा अमेरिकाले ४ विकेट गुमाएको अमेरिकाले पाँचौं विकेट २७ रनको स्कोरमा गुमायो ।

अमेरिकाका अक्षय होमराजलाई सुशन भारीले आउट गरे । होमराज ५ रन बनाएर आउट भएका हुन् ।


 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया