आईसीसी विश्वकप लिग २ छनाेट : अमेरिकाकाे छैटाैँ विकेट पतन

 माघ २५, २०७६ शनिबार १५:२७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली बलर सुशन भारीले अमेरिकाकाे छैटाैँ विकेट लिएका छन् ।

उनले १७ औँ ओभरकाे चाैथाे बलमा अमेरिकाका गाेरलाई आउट गरेका हुन् । उनी बाहेक सन्दीप लामिछाने र करण केसीले पनि व्यक्तिगत दुई-दुई विकेट लिँदै अमेरिकालाई दबाबमा राखेका छन् ।

अमेरिकाले १६।४ ओभरमा ५० रन बनाउँदा ६ विकेट गुमाएको हाे । १९१ रनको लक्ष्य पछ्याएको अमेरिकालाई पहिलो झड्का दिन नेपालका सन्दीप लामिछाने सफल भए । दोस्रो ओभरमै स्पिन बलिङ लिएर आएका सन्दीपले अमेरिकाको ६ रन हुँदा पहिलो सफलता दिलाएका हुन् ।

अमेरिकाका आरोन जोन्सलाई सन्दीपले एलबीडब्ल्यूको धरापमा पारेका थिए । जोन्स ५ रन बनाएर आउट भए । अर्को ओभरमा करण केसीले नेपाललाई दोस्रो सफलता दिलाए । करणले स्टेभन टेलरलाई आउट गरेका हुन् । टेलरले खाता खोल्न सकेनन् ।

नेपाललाई चौथो सफलता सन्दीपले दिलाए । व्यक्तिगत दोस्रो विकेट हात पार्ने क्रममा सन्दीपले मोनाक पटेललाई एलबीडव्ल्यूको धरापमा पारेका हुन् । ४ ओभरमा १३ रन बनाउँदा अमेरिकाले ४ विकेट गुमाएको अमेरिकाले पाँचौं विकेट २७ रनको स्कोरमा गुमायो ।

अमेरिकाका अक्ष होमराजलाई सुशन भारीले आउट गरे । होमराज ५ रन बनाएर आउट भएका हुन् । छैटौं सफलता पनि नेपाललाई सुसन भारीले नै दिलाए । १० रन बनाएर खेलिरहेका करिमा गोरलाई सुशनले पारस खडेकाको हातबाट आउट गराए ।

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया