आईसीसी विश्वकप लिग २ छनाेट : अमेरिकाकाे नवाैँ विकेट पतन

 माघ २५, २०७६ शनिबार १६:४८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले नवाैँ सफलता हात पारेको छ ।

एक सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिकाको इनिङ धरापमा पार्ने क्रममा करण केसले ४१ ङऔँ ओभरकाे चाैथाे बलमा आक्रामक ब्याटिङ गरिरहेका आईजी हल्याण्डलाई आउट गरेका हुन् ।

यसअघि  सुशन भारीले आठाैँ विकेटकाे रुपमा क्यामरुन स्टेभेन्सनलाई विनोद भण्डारीबाट क्याच आउट गराएका थिए । यसअघि उनले अक्षय होमराज र करिमा गोरेको विकेट पनि लिएका थिए ।

आठौं विकेटको पतनसँगै अमेरिका दबाबमा परेको छ । उसलाई जितका लागि ७७ रन आवस्यक छ भने हातमा दुई विकेटमात्र बाँकी छ ।

यसअघि दोस्रो ओभरमै सन्दिप लामिछानले आरोन जोन्सलाई एलबीडब्ल्यूको धरापमा पारे । तेस्रो ओभरमा स्टेभेन टेलरलाई करण केसीले दिपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराए । त्यसपछि ओपनर जेभियर मार्सललाई पनि करण केसीले विनोद भण्डारीबाट क्याचआउट गराए ।

चौथो ओभरमा मोनाक पटेललाई सन्दिप लामिछानेले एलबीडब्ल्यू आउट गराए । अर्का भरपदा ब्याट्सम्यान अक्षय होमराजलाई सुशन भारीले आउट गरे भने करिम गोरेलाई पनि भारीले पारस खड्काबाट क्याचआउट गराए ।

त्यसपछि कुशल मल्लले इल्मोर हुचिन्सनलाई बोल्ड गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया