चट्याङ लागेर दाङमा तीन जनाको ज्यान गयो

 माघ २५, २०७६ शनिबार १६:५५:५७ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा चट्याङमा परेर तीन जनाको ज्यान गएको छ ।

तुलसीपुर र घोराहीमा शनिबार चट्याङमा परेर तीन जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका-७, नवलपुरकी गीता चौधरीकी ७ वर्षीया छोरी सृष्टि र त्यही ठाउँकी ५४ वर्षीया लक्ष्मी आचार्यको ज्यान गएको हो ।

चट्याङ लागेर घाइते भएका चौधरी र आचार्यको उपचारका क्रममा तुलसीपुरको राप्ती लाइफ केयर हस्पिटलमा ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै  घोराही उपमहानगरपालिका ११ हापुरका सूर्यबहादुर पुरीका छोरा ८ वर्षीय ताराबहादुरको पनि चट्याङ लागेर ज्यान गएको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया