असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले पाँचौं जित निकालेको छ । एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा १० खेलाडीमा झरेको फ्रेण्ड्स क्लबलाई १–० ले हराउँदै जावलाखेल पाँचौं स्थानमा उक्लिएको हो ।
पहिलो हाफ गोलरहित बनेको खेलको ५८औँ मिनेटमा फोडे फोफोनाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए ।
त्यसको चार मिनेटपछि फ्रेण्ड्सका साउलो डि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । खेलको आधा घण्टा १० खेलाडीमा झरेको फ्रेण्ड्सले जावाखेलविरुद्ध गोल गर्न सकेन र पराजित हुन पुग्यो ।
जितसँगै जावलाखेल एघार खेलबाट १८ अंक बनाउँदै पाँचौँ स्थानमा उक्लिएको छ । पराजयसँगै फ्रेण्ड्स १२ औँ स्थानमा यथावत छ । उसले एघार खेलबाट १४ अंक बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।