चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल ओमानसँग आठ विकेटले पराजित भएकाे छ ।
नेपालले दिएकाे दुई सय ५० रनकाे लक्ष्य ओमानले ४७ दशमलव २ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्याे ।
लगातार तेस्रो जीत निकालेको ओमान तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । नेपालले अब अन्तिम खेलमा बुधबार अमेरिकासँग खेल्ने छ ।
ओमानको जितमा अकिब इलियस र जिसन मक्सुदले उत्कृष्ट पारी खेले । इलियसले शतक बनाउँदा मक्सुदले अर्धशतक बनाए । पहिलो विकेट ४९ रनमा गुमाएको ओमानले दोस्रो विकेट ८३ रनमा गुमाएको थियो । ओमानका जतिन्दर सिंह व्यक्तिगत २३ रन बनाएर कुशल मल्लको बलमा आउट भएका थिए भने ४१ रन बनाएका खवार अलिलाई पनि सुशन भारीले पेभेलियनको बाटो देखाएका थिए ।
त्यसपछि क्रिजमा इलियस र मक्सुदले उत्कृष्ट साझेदारी गर्दै ओमानलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । इलियसले १ सय २ बलमा शतक पूरा गरेका थिए । अन्तिमसम्म क्रिजमा रहेका इलियसले अविजित १ सय ८ रन बनाउँदा मक्सुद पनि ६८ रनमा अविजित रहे ।
नेपालका तर्फबाट सात जनाले बलिङ गरे पनि दुई सय ५० रनको लक्ष्य पछ्याएकाे ओमानलाई राेक्न असफल रह्यो ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । उनी ५६ रन बनाएर आउट भए ।
यसैगरी पारस खड्काले ३८ रन बनाउँदा विनोद भण्डारीले ३५ रन जोडे । यस्तै कुशल मल्ल र आरिफ शेखले समान २८–२८ रन बनाउँदा ओपनर सुवास खकुरेलले २२ रनको योगदान गरेका थिए ।
करण केसी १० रनमा आउट हुँदा सन्दीप लामिछाने १० रनमा अविजित रहे भने याे खेलमा डेब्यू गरेका कमलसिंह ऐरी ९ रनमा अविजित रहे । याे खेलमा दीपेन्द्रसिंह ऐरीले भने रनको खाता नै खोल्न सकेनन् ।
ओमानविरुद्ध नेपाली बलर
ओमानविरुद्ध नेपालले ७ जना बलर लगाएको थियो । जसमा करण केसीले ९ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै ४४ रन खर्चिए । सन्दीप लामिछानेले ८ ओभर बलिङ गर्दा ४४ रन दिएका थिए ।
कमलसिंह ऐरीले ४ ओभर बलिङ गर्दा २९ रन दिए । सुशन भारीले ७ दशमलव २ ओभरमा ४१ रन खर्चिँदै १ विकेट लिएका थिए । कुशल मल्लले ८ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर २५ रन खर्चिदै १ विकेट लिए ।
त्यस्तै पारस खड्काले ७ ओभरमा २५ रन खर्चिँदा दीपेन्द्रसिंह ऐरीले १ ओभरमा ७ रन दिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।