चीनमा रहेका नेपालीहरुकाे उद्धार प्रक्रिया यथाशीघ्र अघि बढाइयाेस् : राष्ट्रिय मानव अधिकार आयोग

 माघ २६, २०७६ आइतबार १७:१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय मानव अधिकार आयोगले चीनमा रहेका नेपालीहरुलाई यथाशीघ्र नेपाल फर्काउन निर्देशन दिएकाे छ ।

सरकारको ध्यानाकर्षण गराउँदै आयोगले चीनमा रहेका नेपालीहरुको उद्धारकाे प्रक्रिया अघि बढाउन निर्देशन दिएकाे हो । आयोगका अध्यक्ष अनुपराज शर्माले स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपालीहरुको यथाशीघ्र उद्धार गर्नुपर्ने बताउनुभयो । 

‘अभिभावकले स्वास्थ्य मन्त्रालय निकम्मा भयो भन्छन् । हाम्रा आफन्त भोकभोकै त्रासमा बसेका छन् । तर मन्त्रालयले याे मितिमा ल्याउँछौँ भनेर स्पष्ट जवाफ दिन मान्दैन भन्ने गुनासाे गरेका छन्’, शर्माले भन्नुभयाे ।     

अहिले अभिभावकहरु दिनहुँ आफ्ना आफन्तको गुहार माग्दै सरोकारवाला निकायसमक्ष पुगिरहेकाे उहाँले बताउनुभयाे । 

यसैबीच कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन अझै केही दिन लाग्ने भएको छ ।

सरकारले उनीहरुलाई ल्याएर राख्ने ठाउँको टुङ्गो लगाए पनि ती ठाउँमा राख्न केही प्राविधिक तयारी गर्न बाँकी रहेकाले अझै समय लाग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया