एनआरटीलाई हराउँदै मनाङ तालिकाकाे तेस्राे स्थानमा उक्लियाे

 माघ २६, २०७६ आइतबार १७:४३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार भएकाे खेलमा मनाङ मर्स्याङ्दी क्लबले न्युरोड टिम (एनआरटी) विरुद्ध जित निकालेको छ ।

न्युरोडविरुद्धको खेलमा चार–एककाे फराकिलो जित निकाल्दै मनाङ मर्स्याङ्दी लिग तालिकाकाे तेस्राे स्थानमा उक्लिँदै उपाधि जित्ने सम्भावनालाई जीवितै राख्न सफल भएको छ ।

मनाङको जितमा अञ्जन विष्टले दुई गाेल गरे भने विमल राना र जयानन्द सिंहले एक–एक गोल गरे । पहिलो हाफमा दुई–शून्यकाे अग्रता बनाउन सफल मनाङले दोस्रो हाफमा पनि दुई गोल गर्न सफल भयो ।

खेलको ३५औँ मिनेटमा विमल रानाले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ सकिनुअघि खेलको ४३औँ मिनेटमा मनाङका अञ्जन विष्टले थप एक गाेल गरे ।

दोस्रो हाफको ६५औँ मिनेटमा अञ्जन विष्ट फेरि गोल गर्न सफल भए । मनाङ तीन–शून्य गाेलले अघि रहको अवस्थामा न्युरोडका लागि खेलकाे ८९औँ मिनेटमा सकल रेग्मीले गोल गर्दै खेललाई तीन–एककाे अवस्थामा पुर्‍याएका थिए ।

तर मनाङका लागि इन्ज्युरी समयमा भिडालको उत्कृष्ट पासमा दयानन्द सिंह गोल गर्न सफल भए । निर्धारित समायमा गोल फर्काउन नसकेपछि मनाङविरुद्ध न्युरोड चार–एक गाेलले स्तब्ध हुन पुग्यो ।

जितसँगै मनाङ ११ खेलबाट २३ अङ्क बटुल्दै तालिकाको तेस्रो स्थानमा उक्लिन सफल भएको छ । त्यस्तै न्युरोड १५ अङ्कसहित तालिकाको आठौँ स्थानमा रहेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया