यस्तो छ नेपाल टेलिकमको 'विन्टर अफर'

 माघ २६, २०७६ आइतबार १८:३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक 'विन्टर अफर' ल्याएकाे छ । 

अफरअन्तर्गतको सेवा कम्पनीको वार्षिकोत्सव (२०७६ माघ २२ गते) देखि नै लागू भइसकेको र आउँदाे चैत ३० गतेसम्म उपयोग गर्न सकिने छ । यसअघि उपलब्ध 'अटम अफर' अन्तर्गतका सेवामा केही सुविधा थप गरेर विन्टर अफर ल्याइएको टेलिकमले जनाएकाे छ । 

जीएसएम प्रिपेड र पाेस्टपेड तथा सीडीएमए प्रिपेड/पोस्टपेड मोबाइलमा यी अफर प्रयोग गर्न सकिन्छ । 'अल टाइम डाटा प्याक' अन्तर्गत १५ रुपैयाँदेखि ७ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यसअन्तर्गत ६० एमबीदेखि १४ हजार एमबीसम्मका प्याकेज खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिनदेखि २८ दिनसम्म हुनेछ । 

डे डाटा प्याक

बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने डे डाटा प्याकअन्तर्गत अब १५ रुपैयाँमा २ सय एमबी डाटा प्रयोग गर्न सकिने छ । साथै १० रुपैयाँमा ८० एमबी डाटा समेत प्रयोग गर्न सकिने छ । यी दुवै डाटा प्याक खरिद गरेको २४ घण्टाभित्र चलाउन सकिने छ । 

नाइट डाटा प्याक

बेलुकी ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन सकिने नाइट डाटा प्याक १२ रुपैयाँमा ४ सय एमबी खरिद गर्न सकिने छ । अनलिमिटेड नाइट डाटा प्याकअन्तर्गत १ रातको १८ रुपैयाँ र ७ रातको ९० रुपैयाँमा प्याक उपलब्ध गराइएको छ । 

सोसियल मिडिया प्याक

सोसियल मिडिया प्याकअन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्विटर चलाउन सकिने छ । यसअन्तर्गत १० रुपैयाँमा ७० एमबी डाटा १ दिन, ३५ रुपैयाँमा २ सय ५० एमबी डाटा ३ दिन र ६५ रुपैयाँमा ६ सय एमबी डाटा ७ दिनका लागि उपलब्ध हुनेछ । यी प्याक जुनसुकै समयमा पनि चलाउन सकिने छ । 

युट्युब (स्ट्रिमिङ) डाटा प्याक

युट्युब चलाउन १ दिन, ३ दिन र ७ दिन समयावधिका लागि प्याक लिन सकिन्छ । यी प्याक क्रमशः १५ रुपैयाँ, ३० रुपैयाँ र ६० रुपैयाँमा खरिद गर्न सकिन्छ । यसका लागि डाटा भोल्युम क्रमशः ३ सय, ६ सय ५० र १ हजार ४ सय एमबी प्राप्त हुन्छ । 

डे टाइम भ्वाइस प्याक

डे टाइम भ्वाइस प्याकअन्तर्गत अब १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म कल गर्न सकिने छ । त्यसैगरी १० रुपैयाँमा १ सय मिनेटको भ्वाइस प्याक प्रयोग गर्न सकिन्छ । यी प्याक २४ घण्टाभित्र उपयोग गर्न सकिने छ । 

पोस्टपेड प्याक

जीएसएम पोस्टपेडका लागि विभिन्न प्रकारको प्याक उपलब्ध भइरहेकोमा अब ३ सय रुपैयाँको नयाँ प्याक समेत थप गरिएको छ । यसअन्तर्गत ६ सय २० मिनेट भ्वाइस वा ३ हजार एमबी डाटा लिन सकिन्छ । सो प्याक ३० दिनभित्र प्रयोग गर्न सकिन्छ । 

बिग डाटा प्याक

नयाँ प्याकका रुपमा कम्पनीले बिग डाटा प्याकसमेत उपलब्ध गराएको छ । यसअन्तर्गत १ हजार ६ सय रुपैयाँमा ९० दिनका लागि ३० जीबी र ३ हजार रुपैयाँमा १ सय ८० दिनका लागि ६० जीबी डाटा खरिद गर्न सकिन्छ । 

कम्पनीले अटम अफरको रुपमा उपलब्ध गराइरहेका अन्य अफरहरु भने विन्टर अफरमा पनि यथावत् रहेका छन् । पहिलो पटक नेपाल टेलिकम एप डाउनलोड गर्ने ग्राहकलाई एक सय एमबी डाटा भोल्युम बोनसको रुपमा समेत उपलब्ध छ । 

विभिन्न प्याकेज प्राप्त गर्नका लागि *1415# मा डायल गर्न सकिन्छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यससम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया