अमेरिकाको मिसिसिपीमा आगलागी : आमा र ६ जना बालबालिकाको ज्यान गयाे

 माघ २६, २०७६ आइतबार १८:५:४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाको दक्षिणी राज्य मिसिसिपीमा आगलागी हुँदा आमा र ६ जना बालबालिकाको ज्यान गएको छ ।

मिसिसिपी राज्यकाे क्लिन्टन शहरमा रहेको एउटा घरमा आगलागी हुँदा एक वर्षको बच्चासहित ६ बालबालिका र आमाको ज्यान गएको बीबीसीले जनाएको छ ।

आगलागीमा घाइते भएका बावुको भने उद्धार गरिएको छ । उनको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

आगो लाग्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरुले जनाएका छन् । यद्यपि विद्युतीय त्रुटिका कारण आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

आगलागी भएको घर मिसिसिपी राज्यको राजधानी ज्याक्सनबाट झण्डै १६ किलोमिटर पर पर्छ, जुन घर सन् १९५१ मा बनेको थियो । 

आगलागीमा ज्यान गुमाउने ३३ वर्षीया आमा प्राथमिक विद्यालयकी शिक्षिका हुन् । त्यस्तै अन्य ज्यान गुमाउनेमध्ये पाँच जना बालक र एक जना बालिका रहेकी छिन् । उनीहरुको उमेर एक वर्षदेखि १५ वर्षसम्म भएको जनाइएको छ ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया