चीनबाट फर्किने विद्यार्थीको निगरानीका लागि ६० जना स्वास्थ्यकर्मी खटाइने

 माघ २७, २०७६ सोमबार १५:०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट फर्काइने नेपालीहरुको निगरानीका लागि ६० जनाभन्दा बढी स्वास्थ्यकर्मी खटाउने भएको छ  ।

चीनको वुहानमा रहेका एक सय ८० जना विद्यार्थीलाई नेपाल फर्काउने तयारी गरिरहेको मन्त्रालयले उनीहरुको स्वास्थ्यको निगरानीका लागि क्वारेन्टाइनमा स्वास्थ्यकर्मी खटाउने भएको हो । 

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता सागर दाहालले मेडिकल अफिसर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, पारामेडिक्स लगायतका ६० जनाभन्दा बढी स्वास्थ्यकर्मी खटिने जानकारी दिनुभएको हो । 

स्वास्थ्यकर्मीहरुलाई सोमबार दिउँदो २ बजे इपिडिमियाेलाेजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा आयोजना हुने तालिममा प्रशिक्षण दिइने उहाँले बताउनुभयो ।स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा काम गर्ने तरिका, शङ्कास्पद देखिएको अवस्थामा के गर्ने भन्नेबारे सिकाइने उहाँले जानकारी दिनुभयो । 

सरकारले चीनबाट फर्किएका विद्यार्थीहरुलाई भक्तपुरको खरीपाटीमा क्वारेण्टाइनमा राख्ने तयारी गरिरहेको छ । तर चीनको वुहानमा रहेका नेपालीलाई कहिलेसम्म स्वदेश फर्काउने भन्नेबारे यकिन मिति तोकिएको छैन ।  

सरकारले उनीहरुलाई ल्याएर राख्ने ठाउँको टुङ्गो लगाए पनि ती ठाउँमा राख्न केही प्राविधिक तयारी गर्न बाँकी रहेकाले अझै समय लाग्ने स्वास्थ्य मन्त्रालयले जनाएको हो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया