फागुन १९ गतेदेखि नेपाल एअरलाइन्स जापानको नारिता उड्दै, दुईतर्फी भाडा ७३ हजार !

 माघ २७, २०७६ सोमबार १७:१७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल वायुसेवा निगमले आउँदाे फागुन १९ गतेदेखि जापानको नारिता उडान गर्ने भएको छ ।

सोमबार, बुधबार र शुक्रबार गरी हप्ताको तीन दिन निगमको वाइडबडी जहाजले जापानको नारिता उडान भर्ने निगमले जनाएको छ ।

बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने जहाज त्यही दिन बेलुकी ६ बजेर २५ मिनेटमा काठमाण्डाैमा अवतरण गर्ने कार्यतालिका बनाइएको छ ।

अहिलेका लागि प्रवर्द्धनात्मक भाडा दर काठमाण्डाैबाट नारिताका लागि एकतर्फी भाडा ३७ हजार र दुईतर्फी भाडा ७३ हजार रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

यसका साथै बिजनेस क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २५ किलोका २ वटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३ किलोका २ वटा ब्यागेजको सुविधा पाउने छन् ।

नारिताको उडान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ भने सिधा उडानले गर्दा ट्रान्जिटको झन्झट समेत समाप्त हुनेछ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया