मन्त्रिपरिषद् बैठक : आईजीपीकाे टुङ्गाे लागेन, मङ्गलबार फेरि बैठक बस्ने

 माघ २७, २०७६ सोमबार १८:३२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रहरीकाे महानिरीक्षक (आईजीपी) नियुक्त गर्न मङ्गलबार पनि बैठक बस्ने भएकाे छ । 

साेमबार दिउँसाे बसेकाे मन्त्रिपरिषद् बैठकले आईजीपी छान्न नसकेपछि मङ्गलबार फेरि मन्त्रिपरिषद् बैठक बस्ने भएकाे हाे । 

साेमबारकाे बैठकमा नयाँ आईजीपी कसलाई बनाउने भन्ने बारे सामान्य छलफल भएको थियो । नयाँ आईजीपीका लागि प्रदेश १ मा कार्यरत ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशमा कार्यरत तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयमा कार्यरत सूर्यप्रसाद उपाध्यायले दाबेदारी प्रस्तुत गरेका छन् ।  

महानिरीक्षक सर्वेन्द्रनाथ खनालले मङ्गलबार अवकाश पाउने भएपछि नयाँ आईजीपी बनाउन लागिएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवा हदका कारण अवकाश पाउने भएपछि नेपाल प्रहरीको प्रमुख पद रिक्त हुँदैछ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया