दामनमा रहेको एभरेष्ट पानोरमा रिसोर्ट तीन महिनाका लागि निलम्बन

 माघ २८, २०७६ मंगलबार १७:३५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आठ जना भारतीयको ज्यान गएपछि सरकारले मकवानपुरको दामनमा रहेको एभरेष्ट पानोरमा रिसोर्ट ३ महिनाका लागि निलम्बन गरेको छ ।

माघ ६ गते रिसोर्टमा बसेका ८ जना भारतीय नागरिकको निसास्सिएर ज्यान गएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । समितिले रिसोर्टले सुरक्षात्मक उपाय नअपनाएको, व्यवस्थापकीय  कमजोरी रहेको र स्तर वर्गीकरण पनि नगरेको पाइएको भन्दै रिसोर्ट निलम्बन गर्न सिफारिस गरेको थियो ।

समितिको सिफारिस अनुसार मन्त्रालयले मंगलबार विज्ञप्तिमार्फत एभरेष्ट पानाेरमा रिसोर्ट ३ महिनाको लागि निलम्बन भएको जनाएको छ । अब वातावरणीय प्रभाव मुल्यांकन स्विकृत गराएर मात्रै रिसोर्ट सञ्चालन गर्नुपर्ने मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया