ललिता निवास प्रकरण : पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउन माग गर्दै सर्वाेच्चमा रिट

 माघ २९, २०७६ बुधबार १७:२३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - ललिता निवास जग्गा प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीलाई नीतिगत निर्णय भन्दै छुट दिएर अरु १ सय ७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । तर वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियारको निर्णय गलत भएको भन्दै दुवै पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचारको मुद्दा चलाउनुपर्ने माग गर्दै रिट निवेदन दर्ता गराएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो । 

रिटमा मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगत हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्याख्या गलत भएको वरिष्ठ अधिवक्ता न्यौपानेले दावी गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया