लिओनल मेस्सीलाई ‘मूल्य’मा उछिने लिभरपुलका फरवार्ड मोहम्मद सलाहले!

 माघ २९, २०७६ बुधबार १८:११:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

बार्सिलोनाका कप्तान लियोनल मेस्सीभन्दा लिभरपुलका फरवार्ड मोहम्मद सलाहको मूल्य अधिक रहेको अध्यनले देखाएको छ । ट्रान्सफरमार्केट वेबसाइटका अनुसार यस समय मेस्सीभन्दा सलाह मूल्यवान रहेको देखिएको हो ।

लिभरपुल तथा इजिप्टका खेलाडी सलाहको वर्तमान मूल्य १५० मिलियन यूरो बराबर पुगेको बताइएको छ जबकि अर्जेन्टिनाका मेस्सीको मूल्य १४० मिलियन युरो बराबरको रहेको छ ।

मेस्सीको मूल्य २०१८ मा १८० मिलियन यूरो रहेको थियो र अहिलेसम्म आइपुग्दा ४० मिलियन घटेर १४० मिलियन हुन पुगेको छ । जबकि सलाहको मूल्य भने बढेको देखिएको छ ।

सलाहको तुलनामा मेस्सीले कम खेलेका भए पनि गोल र एसिस्ट भने मेस्सीको नै धेरै देखिन्छ । मेस्सीले २६ खेलमा १९ गोल र १५ एसिस्ट गरेका छन् । भने सलाहले ३३ खेलमा १८ गोल र ९ एसिस्ट गरेका छन् ।

सलाहले लिभरपुलको साथमा २०१८ मा च्याम्पियन्स लिग उपाधि जितेका थिए भने मेस्सीले २०१९ मा अधिक भोट प्राप्त गर्दै करियरको छैटौँ बालोन डि ओर जितेका थिए ।

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया