कुवेतमा बालुवाकाे ढिस्काेमा पुरिएर चार नेपालीकाे ज्यान गयाे

 फागुन १, २०७६ बिहिबार ११:१०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कुवेतमा निर्माणस्थलमा पुरिएर चार जना नेपालीको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् भने अरु तीन जना पुरिएका छन् ।

कुवेतको अल–मुत्लामा निर्माणस्थलमा बालुवा र गिट्टीको थुप्रो खसेपछि घाइते भएका सात जनाको उद्धार गरिएकामा चार जनाको ज्यान गएको र उनीहरु नेपाली रहेकाे समाचार संस्था 'अरब टाइम्स' ले जनाएको छ ।

बालुवा र गिट्टीकाे थुप्राेमा पुरिएका अन्य तीन जनाको अवस्था थाहा हुन सकेको छैन । उनीहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । घाइते तीन जनाकाे जाहारा अस्पतालमा उपचार भइरहेको खबरमा उल्लेख छ ।

चिनियाँ कम्पनीले काम गरिरहेको निर्माणस्थलमा बालुवा गिट्टीको थुप्रो खस्दा दुर्घटना भएको हो । ज्यान गुमाएका र घाइते भएकाहरुको पहिचान भने खुलेको छैन । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया