दोस्रो त्रैमासिकमा पनि राष्ट्रिय वाणिज्य बैंककै नाफा धेरै, कुन बैंकको नाफा कति ?

 फागुन १, २०७६ बिहिबार १२:३६:१८ | उज्यालो सहकर्मी

काठमाण्डाै – चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा पनि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । यसअघि पहिलो त्रैमासिकमा पनि राष्ट्रिय वाणिज्य बैंककै नाफा सबैभन्दा धेरै थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २७ वटा वाणिज्य बैंकहरुले औसतमा एक अर्ब २१ करोड रुपैयाँ नाफा कमाएका छन् । राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ भने सिभिल बैंकको नाफा सबैभन्दा कम  छ ।

राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब २० करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । नबिल बैंक दुई अर्ब चार करोड रुपैयाँ नाफा कमाएर दोस्रो स्थानमा रहेको छ । सिभिल बैंकले सबैभन्दा थोरै ३१ करोड रुपैयाँमात्र नाफा कमाएको छ। 

१४ वटा बैंकले एक अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन् भने ११ वटा बैंकले एक अर्ब रुपैयाँभन्दा थोरै नाफा कमाएका छन् ।

कुन बैंकको नाफा कति ?


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया