आईपीएल : १३ वर्षका खेलाडी एक करोड १० लाख भारुमा अनुबन्ध
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगको अन्तिम चरणको खेलमा एपीएफ क्लब र ब्रिगेड ब्वाइज क्लबले अंक बाँडेका छन् ।
एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा सम्पन्न खेलमा समान अंक रहेका ब्रिगेड र एपीएफले १–१ बराबरी नतिजा निकालेका हुन् । एपीएफका लागि आशिष लामाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलको ३२ औँ मिनेटमा आशिष लामाको प्रहारलाई ब्रिगेडका गोलकिपर जिवन भट्टराईले बचाएका थिए । त्यसपछि खेलको ४४ औँ मिनेटमा एपीएफका लागि आशिष लामाले गोल गर्दै अग्रता दिलाए ।
पहिलो हाफमा १–० ले पछि परेको ब्रिगेडले दोस्रो हाफमा भने गोल गर्न सफल भयो । ब्रिगेड ब्वाइजले इन्ज्युरी टाइममा गोल गर्न सफल भयो । उसका लागि इन्ज्युरी टाइममा बिजय गुरुङले गोल गर्दै हारबाट जोगाए ।
यससँगै एपीएफ र ब्रिगेड ब्वाइजले अंक बाँडेका छन् । दुवै टिमको १३ खेलबाट समान ९ अंक भएको छ । लिगमा एपीएफले १३ खेलमध्ये २ खेल मा जित,२ खेलमा बराबरी र ८ खेल मा हार बेहोरेको छ भने ब्रिगेड ब्वाइजले पनि १३ खेलमा नै समान २ खेलमा जित, २ मा हार र ८ खेलमा हार बेहोरेको छ । एपीएफका गोलकर्ता आशिष लामाले लिगमा गोल संख्या ९ पुर्याएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।