सरकार नागरिककाे अधिकार कुण्ठित गर्ने र नियन्त्रित शासन व्यवस्था चलाउने पक्षमा छैन : प्रधानमन्त्री

 फागुन ३, २०७६ शनिबार १२:११:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नागरिककाे अधिकार कुण्ठित गर्ने र नियन्त्रित शासन व्यवस्था चलाउने पक्षमा नरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुने बेलादेखि नै कम्युनिष्टको सरकार आएमा हाँस्न रुन नपाइने भन्दै हल्ला फैलाइए पनि त्यस्तो अवस्था नरहेको बताउनुभयो ।

लोकतन्त्र संकटमा परेको अभिव्यक्ति स्वतन्त्रता हनन भएको जस्ता कुरा गरेर सरकारविरुद्ध भ्रम फैलाउन खोजिए पनि खासमा अवस्था त्यस्तो नभएको उहाँको भनाई छ। गुठीसम्बन्धी विधेयक, मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकमा रहेका केही कुरालाई लिएर सरकार निरंकुश बन्न खोजेको भन्ने तर्क गरिएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले यी विधेयकमा संशोधन भइसकेकाले त्यस्तो विरोधको अर्थ नभएको विचार व्यक्त गर्नुभयाे।

अहिलेका राजनीतिक दल देशको लोकतन्त्रका लागि वर्षौँ लडेका दलहरु भएकाले नागरिक अधिकार र लोकतन्त्रको विरुद्ध हुनेगरी कुनै पनि काम हुन नसक्ने र अहिले निशेध वा निरंकुश प्रणालीको साशन व्यवस्था चलाउनुपर्ने अवस्था पनि नरहेको प्रधानमन्त्रीको भनाइ छ ।

अर्को चुनावसम्मा चुनावी घोषणापत्रमा उल्लेख भएका सवै कुरा पूरा गर्ने दावी गर्दे उहाँले बलियो जगमा उभिएकाले सरकारले सवै प्रतिबद्धता पूरा गर्ने उहाँले बताउनुभयो । संविधानको कार्यान्वयन, भौतिक संरचनाको वित्तीय व्यवस्थापन, कानुन र कर्मचारी व्यवस्थापन एकैसाथ गर्नुपर्ने र जनतामा रहेको तीव्र विकासको चाहनालाई एकैसाथ कार्यान्वयन गर्नुपर्ने चुनौतीकाबीच सरकारका दुई वर्ष आशालाग्दो रहेको र संविधानको स्वीकार्यतामा पनि कुनै समस्या नरहेको प्रधानमन्त्री ओलीको दावी छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया