नयाँ बेरोजगार थपिएका छैनन्, बरु निर्माण क्षेत्रमा कामदारको अभाव हुन थालेको छ : प्रधानमन्त्री

 फागुन ३, २०७६ शनिबार १२:५८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणिकरण हुन बाँकीसहित ५५ वटा नयाँ कानून बनेका र १३ वटा ऐन खारेज भएका, मौलिक हक कायान्वयनमा आएका लोकतन्त्र विस्तारित हुँदै गएको र समग्रमा सम्मृद्ध नेपाल सुखी नेपालीको अभियान अघि बढिरहेको बताउनुभएकाे छ ।

अहिले तीव्र आर्थिक वृद्धिदर हासिल गरिरहेका विश्वका १० देशको सूचीमा परेको छ र यसले विकाश गर्न सक्छ भन्ने आशा जगाएको, ४ प्रतिशत मात्र रहेको आर्थिक वृद्धिदर ३ वर्ष यता लगातार साढे ६ भन्दा माथिको रहेको, आर्थिक सूचकांक राम्रा रहेको, नेपाल दक्षिण एशियाकै पहिलो खुला दिसामुक्त देश बनेको प्रधानमन्त्रीको दावी छ ।

उहाँले देशमा नयाँ बेरोजगार नथपिएको पनि दावी गर्नुभयो । रोजगारीको वृद्धि २ देखि ३ प्रतिशतको बीचमा भइरहेको र यसले श्रमबजारमा प्रवेश गर्ने जनशक्ति बराबर नै रोजगारी सिर्जना भइरहेको पुष्टि हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो,‘पहिलेका बेरोजगारले काम नगरिरहेका होलान् तर नयाँ बेरोजगार थपिएका छैनन् बरु निर्माण क्षेत्रमा कामदारको अभाव हुन थालेको छ ।’

सरकारले करको दर होइन दायरा बढाएको, २ खर्बको लगानी प्रतिबद्धता आएको,  निर्यात २६ प्रतिशतले बढेको र आयात ४ प्रतिशतले घटेको छ, ब्यापार विविधिकरण भएको प्रतिदिन ५ दशमलव ७ अर्थात झण्डै ६ किलोमिटर कालोपत्रे सडक बनिरहेको उहाँको भनाइ छ ।

भ्रष्टाचार व्यभिचारी र दुराचारी व्यक्ति जतिसुकै उच्च ओहोदाका व्यक्ति भएपनि नछोड्ने प्रधानमन्त्रीको भनाइ छ ।उहाँले ६६३६ किलोमिटर सडक कालोपत्रे तथा ३५७९ किलोमिटर ग्राबेल सडक बनेको, सबै जिल्ला तुइन मुक्त भएकाे पनि जानकारी दिनुभयाे।

उहाँले भारतलाई बिजुली बेच्न थालिएको र अरु देशलाई समेच बिजुली बेच्ने अवस्था आएको, प्रसारण लाइन र बिजुली आयोजना बन्ने क्रम चलिरहेको, दुईदेशीय प्रसारण लाइनको संयुक्त उद्घाटन भएकाे पनि थप्नुभयाे ।

प्रधानमन्त्री हुन्छ गर्नु पर्यो ओलीले एमसीसी कम्प्याक्टबाट बन्ने विभिन्न क्षेत्रको प्रसारण लाइन निर्माण गर्ने कुरा अति नै महत्वपूर्ण भएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया