लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालका हुन्, नेपालले छोड्दैन : प्रधानमन्त्री ओली

 फागुन ३, २०७६ शनिबार १३:५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले नेपालको भूमि नछोड्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा साँसदका प्रश्नको जवाफ दिँदै उहाँले विवाद भएका कालीनदीको मुहान, लिम्पियाधुरा, लिपुलेक र कालापानीका क्षेत्र तथ्य र प्रमाणले नेपालको क्षेत्र रहेको पुष्टि गरेको बताउँदै नेपालले आफ्नो क्षेत्र नछोड्ने बताउनुभयो । यसका लागि कुटनीतिक प्रयास र पहल भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

उहाँले भारतसँगको वार्ताको पहल भइरहेको तर अहिले मिति नै तोक्न नसकिने बताउनुभयो । उहाँले दुई देशबीच सार्वभौम समानताका आधारमा वार्ता गर्ने प्रश्नमा सरकार स्पष्ट रहेको तथा राष्ट्रियता, सार्वभौमसत्ता स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका विषयमा सरकारले कुनै अनुचित सम्झौता नगर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सरकार अतिक्रमित भूभाग नै फिर्ता ल्याउने अभियानमा रहेकाले नक्सा सार्वजनिक गर्ने कुरा ठूलो नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले सीमा क्षेत्रमा बीओपाी स्थापना गर्ने काम भइरहेको पनि जानकारी दिनुभयो । 


 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया