अन्तरजातीय भिडन्तका क्रममा मालीमा ४० को ज्यान गयाे

 फागुन ३, २०७६ शनिबार १६:४२:३६ | रासस
unn.prixa.net

काठमाण्डौ - मालीको मध्य क्षेत्रमा भएको आक्रमणमा परी ४० जनाको ज्यान गएको छ ।

अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार ज्यान गुमाउनेमा नौ जना सैनिक जवान पनि रहेका छन् । उनीहरुको घटनास्थलमै ज्यान गएको अधिकारीले बताएका छन् ।  

द्वद्वग्रस्त क्षेत्रमा भएको अन्तरजातीय भिडन्तका क्रममा उनीहरूको ज्यान गएको सरकारी अधिकारीहरुको भनाई छ । ओगोसागोमा रातभरीमा भएको आक्रमणको घटनामा परी सुरुमा ३१ जनाको ज्यान गएको थियो ।  

गत मार्चमा भएको फुलानी समुदायको यस्तै आक्रमणमा परी १६० को ज्यान गएको थियो । सरकारी अधिकारीहरुले  ज्यान गुमाउनेको संख्या अझ धेरै हुन सक्ने बताएका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया