आफ्नै खेलाडीलाई थप्पड हान्ने प्रशिक्षकलाई रातो कार्ड

 फागुन ५, २०७६ सोमबार १५:४०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सीरी ‘डी’ क्लब ग्रोसेटोका प्रशिक्षक लाम्बेर्टो माग्रिनीलाई खेलको दौरान आफ्नै खेलाडीलाई थप्पड हानेपछि रातो कार्ड देखाइएको छ ।

दुई पक्षका खेलाडीहरु आपसमा सङ्घर्षरत रहेका बेला उनले आफ्नै खेलाडीलाई थप्पड हानेका थिए । त्याे घटना भएको केही समयमा नै उनलाई रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।

माग्रिनीले मिडफिल्डर रिकार्डोलाई माटियाको ठाउँमा 'सब्सिच्युट' गरेका थिए तर मैदानबाट बाहिर निस्केपछि उनले आफ्नै खेलाडी माटियालाई थप्पड हाने ।

घटनामा उनलाई रातो कार्डमात्र देखाइए पनि क्लबले भने बर्खास्त गर्न सक्ने बताइएको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०७७

तपाईको प्रतिक्रिया