जबरजस्ती करणी मुद्दामा महरालाई सफाइ

 फागुन ५, २०७६ सोमबार १४:५८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जबरजस्ती करणी मुद्दाकाे आराेप लागेका पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाउनु भएको छ ।

जिल्ला अदालत काठमाण्डाैका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो ।

अदालतले सफाइ दिएसँगै पुर्पक्षका लागि थुनामा रहनुभएका महरा अब रिहा हुनु हुने छ । संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती बलात्कार गरेकाे अभियोगमा महरा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा हुनुहुन्थ्यो ।

महराविरुद्ध गएको कात्तिक १४ गते जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दायर भएको थियो । महराविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको अभियोगमा साढे दुई वर्ष गरी साढे सात वर्ष कैद सजाय मागसहित मुद्दा दायर भएको थियो । 

प्रहरीले महरालाई गएकाे असोज १९ गते पक्राउ गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • Hem raj Bhattarai ,Kailali

    Feb. 17, 2020, 7:44 p.m.

    महरा जि लाई फोन गर्ने पहिलो मान्छे प्रचण्ड भएको सुन्दा लाजलागेर आयो।दाङको एक कार्यक्रमा महराले स्वीकार गरेर सहयोग गर्नु पर्छ भन्दै विदेशी प्रभुअको नाङ्गो दालाली गरेको सारा नेपाली ले विजुयल दृश्य पनि देख्नु अहिले फोन गरे भन्ने पनि सुन्नु।कुकुरको पुच्छर सोझिनु र यिनको थुतुनो समालिनु उस्तै उस्तै हो कि क्या हो ?

  •  0 Reply

तपाईको प्रतिक्रिया