म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ – जबरजस्ती करणी मुद्दाको आरोपमा सफाइ पाएपछि पूर्व सभामुख कृष्णबहादुर महराले देशको स्वाधीनता रक्षा नै आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।
महरालाई जिल्ला अदालत काठमाण्डौका न्यायाधीश अम्बरराज पौडेलको इजलासले सोमबार जबरजस्ती करणी मुद्दाको आरोपमा सफाइ दिएको हो । सफाइ पाएपछि महराले प्रेस विज्ञप्ति निकालेर आफूमाथिकाे आराेप गलत भएकाे बताउनुभएकाे छ ।
‘एक देशभक्त नेपालीका रुपमा देशको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैँ थियो, अहिले पनि छ र सदैव रहिरहनेछ’, प्रेस विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमार्फत महराले आफूमाथि लागेको आरोप गलत साबित भएको बताउनुभएको छ । साथै उहाँले सम्मानित अदालतप्रति विशेष आभार एवं धन्यवाद प्रकट गर्नुभएको छ ।
‘म ३० दिन हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु । यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनु हुने मेरा समर्थकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई धन्यवाद दिन चाहन्छु’, प्रेस वत्तव्यमा भनिएको छ ।
महराविरुद्ध गएको कात्तिक १४ गते जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दायर भएको थियो । महराविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको अभियोगमा साढे दुई वर्ष गरी साढे सात वर्ष कैद सजाय मागसहित मुद्दा दायर भएको थियो ।
प्रहरीले महरालाई गएकाे असोज १९ गते पक्राउ गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।