अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घट्यो

 फागुन ६, २०७६ मंगलबार १०:२३:८ | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ । 

नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एककोे खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५१ पैसा नै थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा तोकेको थियो । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको थियो । 

यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो खरिददर २९६ रुपैयाँ ४५ पैसा तोकेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको थियो । 

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४५ पैसा र र बिक्रीदर २७ रुपैयाँ ६० पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ५० पैसा र र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा नै थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७८ पैसा तोकेको छ । हिजो खरिददर ३७३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५६ पैसा रहेको थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ३५ पैसा तोकेको छ । हिजो खरिददर ३०२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ७३ पैसा तोकिएको थियो।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया