आफू खेल्न लायक भएर पनि क्लबले खेलाउन डर मानेको नेयमारकाे आराेप

 फागुन ७, २०७६ बुधबार १५:४४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

पीएसजीका स्टार खेलाडी नेयमारले क्लबले आफू खेल्न लायक भएर पनि खेलाउन डर मानेको आराेप लगाएका छन् ।

केही दिनअघि इन्ज्युरीबाट फर्केका नेयमारले आफूलाई क्लबले मैदान उतार्न डराइरहेको बताउँदै आफू पुर्ण रुपमा तयार भएको बताएका छन् । मंगलबार च्याम्पियन्स लिगकाे अन्तिम १६ मा बोरसिया डर्टमण्डसँग २–१ ले पराजित हुँदा नेयमारले एक गोल गरेका थिए ।

‘पछिल्ला खेलहरु गुमाउनुमा मेरो दोष छैन । म खेल्न चाहन्छु र म खेल्न सक्छु’, नेयमारले भने, ‘क्लब मलाई खेलाउन डराइरहेको छ र यसको असर ममाथि परिरहेको छ ।’

साथै नेयमारले बोरसियासँग आफूहरु अन्तिममा सम्हालिन नसक्दा हार ब्यहोर्न बाध्य भएको बताए । उनले हालान्ड उत्कृष्ट खेलाडी भएको र उनकै कारणले बोरसियालाई जित प्राप्त भएकाे बताए ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया