सुनकाे भाउमा नयाँ रेकर्ड, मूल्य अझै बढ्न सक्ने

 फागुन ८, २०७६ बिहिबार १२:१९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउले बिहीबार नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेकाे छ । 

सुनकाे भाउ बिहीबार पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यावसायी महासङ्घले जनाएको छ । याे भाउ इतिहासकै महँगाे हाे ।

चीनमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण सुनको भाउ लगातार बढेको छ । यो भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

कोरोना भाइरसका कारण अन्य लगानीका बजारमा नकारात्मक असर परेकाले सुनमा लगानी बढ्दा भाउ बढेको हो । यस्तै बिहीबार चाँदी पनि तोलामा ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया