कोरोना भाइरस : जापानमा पानीजहाजमा यात्रा गरेका दुई जनाको ज्यान गयाे

चीनको हुवेइमा संक्रमितको संख्या घट्दो

 फागुन ८, २०७६ बिहिबार १४:४२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ६ सयभन्दा धेरै यात्रुमा कोरोना भाइरस अर्थात ‘कोभिड नाइन्टिन’को संक्रमण देखिएपछि समुन्द्रको तटमा राखिएको एउटा पानी जहाजका दुई जना यात्रुको ज्यान गएको छ । 

कोरोना भाइरसबाट संक्रमित २ जना जापानी नागरिकको ज्यान गएको बीबीसीले जनाएको छ । पानीजहाजमा भएका ३७ सय यात्रुमध्ये झण्डै ६ सय २१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । 

यात्राकै क्रममा पानीजहाजभित्र कोरोना फैलिएको थियो । यसैबीच चीनको हुवेइ प्रान्तमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । हुवेइमा बुधबार झण्डै ३ सय ४९ नयाँ सङ्क्रमित भेटिएका बीबीसीले जनाएको छ ।

पछिल्लो हप्ता दैनिक १ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिँदै आएकोमा बुधबार भने जम्मा साढे ३ सय मात्रै संक्रमित भेटिएका छन् । रोग निदानमा अपनाइएका फरक विधिका कारण संख्या घटेको हो कि होइन भन्ने प्रस्ट भएको छैन।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया