काठमाण्डौ उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढ्दै
मंसिर ११, २०८१ मंगलबार
दैलेख – सञ्चालक खाडीका देश र भारत लागेपछि आठबीस नगरपालिका–४ राकमको पुराना कपडाबाट रुई निर्माण गर्ने घरेलु उद्योग बन्द भएको छ । गएको वर्ष मात्रै स्थापना भएको उद्योगमा रकम जुटाउन नसकेपछि सञ्चालक विदेश लागेकाले उद्योग बन्द भएको स्थानीयको भनाइ छ ।
जिल्ला घरेलु उद्यमले केही युवायुवतीलाई कपडा उद्योगसम्बन्धी तालिम दिएको र तालिम सकिएपश्चात रोजगारीका लागि उद्योग स्थापना गरिएको थियो । गाउँघरमा खेर गएका पुराना कपडालाई प्रयोगमा ल्याउने र नयाँ उद्यमी सिर्जना गर्ने उद्योगको उद्देश्य हो ।
उद्योगकर्मी गाउँगाउँमा गई कच्चा पदार्थ (पुराना कपडा) सङ्कलन गर्न हिच्किचाउने र त्यहाँबाट उत्पादन हुने रुई धेरै उत्पादन गर्न नसक्ने हुँदा पैसाको अभाव भएकाले सञ्चालक परदेशीएको स्थानीय बताउछन् ।
युवा विदेश लागेपछि उद्योगमा रहेका युवतीलेसमेत काम गर्न छाडेपछि लाखौँ रकम बालुवामा पानी हालेजस्तै भएको छ । वडाध्यक्ष रणबहादुर माझीका अनुसार पहिला उनीहरुकै रोहवरमा अनुदान थपियो, उनीहरुले काम गर्न छाडे, अहिले तालिमप्राप्त मान्छे गाउँमा पाउन मुस्किल भएको छ । त्यससम्बन्धि तालिम लिएकाहरु खोजिरहेको उहाँले बताउनुभयो ।
नगरप्रमुख खड्कराज उपाध्यायले ‘युवा रोजगार’का लागि ८० लाख रुपैयाँ बजेट छुट्याइएको बताउनुभयो । त्यहाँबाट केही मात्रामा रकम छुट्याएर फेरि लगानी गरेर उद्योग सञ्चालन गर्ने उहाँको भनाइ छ । ५३ हजार ८२४ रुपैयाँ जनश्रमदान र पाँच लाख अनुदान रकममा उद्योग स्थापना गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।