पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – धादिङ सल्यानटारका विष्णुबहादुर दराई आइतबार ओमानबाट नेपाल फर्किनुभयो । दिउँसो १ बजे झिटिगुण्टासहित त्रिभुवन विमानस्थलमा भेटिनुभएका उहाँलाई कति बेला घर पुगौँ भन्ने हतारो थियो ।
मोबाइलबाट आफन्तलाई फोन गरिरहनुभएका उहाँले भन्नुभयो, ‘सरकारले विमानस्थलमा जाँचको व्यवस्था गरेको छ भनेको सुनिन्थ्यो, तर भित्र केही जाँच भएजस्तो लागेन ।’ छेवैमा रहेका ट्याक्सी चालकले उहाँकै कुराका थपे, ‘हामी त झन् त्रासमा छौँ । नेपाली, चिनियाँसहित विभिन्न देशबाट आउनेहरुलाई दिनहुँ बोक्नुपर्छ, नबोकि सुखै छैन ।’
विमानस्थलमै भेटिनुभएका खोटाङ दिक्तेलका खड्कबहादुर नेपालीले पनि विमानस्थलमा सरकारले व्यवस्था गरेअनुसार यात्रुको जाँच नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आउनेहरुको जाँच त के हुनु ? झोला चाहिँ खोतलेर झुत्रै बनाउँछन् ।’
अस्ट्रेलियाबाट काठमाण्डौ आउनुभएकी जिना क्षेत्रीले पनि उताको विमानस्थलमा जाँच भए पनि नेपालमा जाँच नभएको बताउनुभयो ।
पहिलो पटक चीनमा देखिएको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म २८ देशमा फैलिसकेको छ । दक्षिण कोरिया, अस्ट्रेलिया, मलेसिया लगायतका देशहरु विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सङ्क्रमण फैलिएका देशका रुपमा निकालेको सूचीमा पनि छन् । नेपालीहरु समेत रहेका यी देशमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चीन बाहिर पनि ज्यान गुमाउनेहरु थपिँदै गएका छन् । कोरोना भाइरसको उपचार र नियन्त्रणका लागि चीनले प्रयास गरिरहेको छ । नेपालमा पनि कोरोना सङ्क्रमण जोखिमको सम्भावना कायमै छ ।
जोखिम हटाउन विमानस्थलमा कडाइका साथ जाँच गर्नुपर्छ । सरकारले दक्षिण कोरियाबाट आउनेहरुको जाँचलाई कडाइ गर्ने बताएको छ ।
त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार अहिले दैनिक ४० वटासम्म अन्तर्राष्ट्रिय उडान र अवतरण हुन्छ । एक उडानमा औसतमा दुई सय यात्रुले यात्रा गर्दा दैनिक आठ हजारको सङ्ख्यामा यात्रु ओहोरदोहोर गर्छन् । चीनमा उडान खासै नभएको उहाँको भनाइ छ । कहिलेकाहीँ उडान भए पनि यात्रु निकै कम छन् । यताबाट नगएपछि उताबाट यात्रु आउने क्रम पनि स्वतः घटेको छ ।
बाहिरबाट जहाज चढेर विमानस्थल ओर्लनेहरुमा सङ्क्रमण छ या छैन अरुलाई पत्तो हुँदैन । रुघाखोकी लाग्नु, घाँटी दुख्नु, अत्यधिक ज्वरो आउनु, श्वासप्रश्वासमा समस्या हुनु नै कोरोना भाइरसका लक्षणहरु हुन् । शङ्काका भरमा आफै अस्पताल पुगे मात्रै थाहा हुन्छ । देशभित्र रहेका या बाहिरबाट आएका जोसुकै भए पनि रुघाखोकी तथा ज्वरो आए आत्तिनु नपर्ने तर बेलैमा स्वास्थ्य जाँच गराउन डाक्टरहरुले सल्लाह दिँदै आएका छन् ।
डाक्टर विष्णुभक्त कवाँका अनुसार अहिले मौसमी फ्लुकाे सङ्क्रमण हुने समय हो । उहाँका अनुसार रुघाखोकी लाग्दैमा आत्तिहाल्नु पर्दैन तर जाँच भने गराउनुपर्छ ।
सङ्क्रमण फैलिएका देशहरुबाट स्वदेश फर्कने र पर्यटकहरुबाट कोरोना भाइरस भित्रन नदिन विमानस्थलमा कडाइ गरेको सरकारको दाबी छ । सरकारले चीनसँगका नाका बन्द गरेकाे छ, अनि आवतजावत छैन भन्दै आएको छ । मुख्य नाकामा हेल्थ डेक्स पनि राखेको सरकारले बताएको छ । सङ्क्रमणविरुद्धको तयारी र त्रिभुवन विमानस्थलमा विश्वस्तरीय मापदण्डअनुसार नै हेल्थ डेक्स राखेर जाँच भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताउनुभयो । उहाँले चीनबाट आउने यात्रुलाई मुख्य निगरानीमा राखेर जाँच गर्ने गरिएको समेत जानकारी दिनुभयो ।
अहिले सङ्क्रमण चीनमा मात्र छैन, त्यसैले अरु देशबाट आउनेहरुको पनि निगरानी आवश्यक छ । तर विमानस्थलमा सरकारले भनेजस्तो जाँच नभएको यात्रुहरुको भनाइ छ ।
विमानस्थलबाट सहजै बाहिरिनेहरुमा भोलि सङ्क्रमण देखिए अवस्था के होला अनुमान गर्न सकिँदैन । यात्रुहरुको स्वास्थ्य जाँचसहित पूर्ण विवरण राखिएको छैन । नेपाल भित्रने नाकामा पनि निगरानी पर्याप्त छैन । भारतसँग खुला सीमा पनि समस्या नै छ । अनि सङ्क्रमण देखा परे उपचारका लागि सबैतिर उपकरण र प्रविधि छैन । किनभने केन्द्रीय प्रयोगशालामा सङ्क्रमण प्रमाणित गर्नुपर्ने बाध्यता छ । प्रयोगशालामा जाँच गरी रिपोर्ट आउन लाग्ने समयले अरुमा फैलने सम्भावना उत्तिकै हुन्छ । चीनमा जस्तो १० दिनमै अस्पताल बनाउने नेपालको क्षमता पनि छैन ।
डाक्टर दिक्षित भन्नुहुन्छ– चीनको सर्तकता नै नेपालको भरोसा
छिमेकी चीनले सङ्क्रमण फैलन नदिन अपनाएको उच्च सतर्कता नै नेपालकाे भरोसा भएकाे डाक्टर सुन्दरमणि दिक्षित बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘स्वास्थ्य चेतना र परामर्शले मात्रै नेपालमा भाइरस भित्रिँदैन भन्न सकिने अवस्था छैन ।’
सरकारको टालटुले व्यवस्थापन र तयारीले ढुक्क नभइ हरेक व्यक्ति तथा समुदाय नै चनाखो हुनुपर्ने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।
Yubaraj mahatara
Feb. 25, 2020, 10:15 a.m.I wanted to news