बाँस्कोटालाई झूटाे आरोपमा फसाउन खोजियो, मविरुद्धकाे उजुरी पत्रु हो : प्रम ओली

 फागुन १५, २०७६ बिहिबार २०:७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बचाउ गर्नुभएको छ । 

पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि झूटाे आरोप लगाइएकाे बताउनु भएकाे हाे ।

स्विस कम्पनीले समेत अडियो सार्वजनिक गर्ने विजय मिश्र आफ्नो प्रतिनिधि (एजेण्ट) नभएको भनेकाले बाँस्काेटामाथिकाे आराेपमा कुनै सत्यता नभएको उहाँले बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘मेरो बारेमा प्रश्न उठेको हुनाले राजीनामा गर्छु भनेर गोकुल बाँस्कोटाले राजीनामा गर्नुभयो । हामीले राजीनामा स्वीकृत गरेका छौँ । उहाँले मेरो आवाज होइन, मेरो आवाज होइन भनिरहनुभएको छ । त्यसमा कुनै प्रमाण नै छैन् । आफ्नो नाउँमा बात लागेको हुनाले राजिनामा दिनुभएकाे हाे ।  तर भ्रष्टाचार गरेको प्रमाणित भएझैँ गरेर आएको छ ।’

उहाँले आफ्नो नाममा पनि उजुरी परेको भन्दै उहाँले भन्नुभयाे ‘दोष प्रमाणित नहुँदै आरोप पनि चलेको छैन, मुद्दापनि चलेको छैन मेरो पनि उजुरी हालेको छ भन्ने सुनेको छु । त्यो उजुरी काम नलाग्ने पत्रु उजुरी हो । त्यो भ्रष्ट उजुरी हो ।’

उहाँले अन्य पार्टीहरुले आफ्नो नेतामाथि मुद्दा चलेपछि संसद अवरुद्ध गर्ने, माइतीघरमा हुल बनाएर उफ्रिने गरेको उल्लेख गर्दै आफ्नो पार्टीभित्र कसैलाई झूटाे आरोप लाग्यो भने पनि आहा क्या मजा भन्दै हिँड्ने गरेको आरोप लगाउनुभयो । 

 प्रधानमन्त्री ओलीले पार्टीलाई बदनाम गर्न सरकारलाई बदनाम गर्न र नेताहरुको चरित्र हत्या गर्न संगठित प्रयासहरु भएको समेत बताउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • BIRAJ SHARMA

    Feb. 27, 2020, 9:20 p.m.

    कम्युनिस्ट हुँ भनेर भन्नलाई लाजमर्दो बनाए, कम्युनिस्ट पार्टीलाई क.केपी ओली ले येसरी डुबाए ,सुताए, लुटे कि कहिलेकहीं नउठ्न्ने गरि / कम्युनिस्टलाई म कम्युनिस्ट हो भन्नु पनि मर्नु पर्न्ने गरि डुबाए // हामी नेपालीको दुर्भाग्य भयो खड्ग प्रसाद ओली लाई मन्त्रि बनाउनु // क.खड्क प्रसाद ओलीले दुइ तिहाइको सरकार किन बनाए भनेको त दुइ पार्टी मिलेर देश पुरै लुट्न रैछ र जन्मदिन हवैजहाजमा मनाउनु रैछ // क.प्रचण्ड पैले नै जनता को छोरा छोरी लाई बलि चढाएर मन्त्रि बने र महल मा बसे र अझै भएन सुन को बिस्तारा मा सुत्न्नु थाले जनता लाई थांगनामा सुताए / एक त् नेपाली कांग्रेस ले हत्यारा घुस खाने हाम्रो देस को नदि राम्रा राम्रा स्रोत हरु इंडिया लाई बेच्न्ने काम बाहेक केहि गरेन भएन !!! क.खड्क प्रसाद ओली को सरकार ले दुइ मत को सरकार बनायो आखिरी किन बनायो भने को सबै लुटेरा ,बलात्कारी,चोरी घुसिया हरु लाई सरकार मा राखेर आफुले रजाई गर्न्नु रैक्ष !!!! क.खड्क प्रसाद ओली को दुइ ठाउ मा दात रैक्ष एक जनता लाई झुकाउन्ने त्यो मूख को दात अनि !! अर्को चाई पेट मा लुकाए का रैक्षन जुन जति घूस खायेनि नअघाउने (एस्तो लग्छ यी सबै लाई बंगुर को खोर मा राख्न्ने कोइ त आउक्ष होला के गर्न्नु युवा जति देस बनाउँने कि घर बनाउँने भनेर खाडी लाग्न्नु पर्यो) क.खड्क प्रसाद ओली ले चाइ गोरु बेचे को साइनो नी नः छोडी सबै लाई बोलाएर दुइ मत को सरकार बनाइ देस लुत्न्नु सुरु गरे आफु चाइ अद्रिस्सेय बनेर // कति सजिलो मलाई था छैन भन्नु लाई अनि जन्मदिन हवैजहज !!! मा तेसै मनाइन्छ /अदृश्य रहस्यमय लेखक जनता को रिस

  •  0 Reply

तपाईको प्रतिक्रिया