इरानमा काेराेना भाइरस : ३४ जनाको ज्यान गयो, ३ सय ८८ जनामा सङ्क्रमण

 फागुन १६, २०७६ शुक्रबार १९:२१:१ | रासस
unn.prixa.net

काठमाण्डौ - काेराेना भाइरस स‌ङ्क्रमणकाे कारण इरानमा थप आठ जना गएकाे इरानकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

यससँगै इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ । इरान सरकारले सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार इरानमा भाइरस सङ्क्रमितको सङ्ख्या ३८८ पुगेको छ । 

इरानी अधिकारीका अनुसार इरानमा गएकाे २४ घण्टामा १४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरले बताउनुभएको छ ।

इरानमा पहिलो व्यक्तिमा सङ्क्रमणको पुष्टि दक्षिणी सहर कोममा फेब्रुअरी १९ मा भएको थियो । सङ्क्रमण पुष्टि भएको दिनदेखि अहिलेसम्ममा सबैभन्दा बढी सङ्क्रमण गएकाे २४ घण्टामा भएको हो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका व्यक्तिमध्ये ६४ जना राजधानी तेहरानका हुन् भने सङ्क्रमण देशको २४ प्रान्तमा फैलिएको छ ।’ त्यस्तै इरानका सात उपराष्ट्रपतिमध्ये एक मासोमेह इब्तेकर, उप–स्वास्थ्यमन्त्री इराज हरिर्चीलगायत केही उच्च अधिकारीलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया