प्रधानमन्त्री ओलीको आउँदो बुधबार मिर्गौला प्रत्यारोपण गरिने

 फागुन १८, २०७६ आइतबार १३:३२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीको आउँदो बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ ।

आउँदो बुधबार त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

नेकपाका अध्यक्षसमेत रहनुभएका ओलीले आइतबारको सचिवालय बैठकमा यसबारेमा जानकारी दिनुभएको थियो । बैठकले उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गरेको पनि सल्लाहकार थापाले जानकारी दिनुभयो ।

ओलीको १३ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि उहाँ नियमित डायलासिस गराउँदै आउनुभएको छ । प्रधानमन्त्री ओलीले दोश्रो पटकको मृगौला प्रत्यारोपणपछि पनि आफू अहिलेकै जस्तो सक्रिय रहने बताउँदै आउनुभएको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया