प्रम ओलीको मिर्गौला प्रत्यारोपण आज, स्वास्थ्य स्थिति राम्राे : चिकित्सक

 फागुन २१, २०७६ बुधबार ७:२१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा आलीको मिर्गाैला प्रत्यारोपणको तयारी पूरा भएको छ ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्काले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको तयारी पूरा भएको जानकारी दिनुभयो । निर्देशक खड्काले विज्ञप्ति निकालेर मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिने र विषयगत विशेषज्ञबाट स्वास्थ्य परीक्षण काम गरिएको जानकारी दिनुभएको हो ।

उहाँले अहिले प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहेको पनि जानकारी गराउनुभएको छ । मिर्गौला प्रत्यारोपणका लागि डाक्टर प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म रहने गरी डाक्टरहरुको टोली तयार भएको छ ।

प्रधानमन्त्री ओलीको १३ वर्ष अघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने डाक्टरलाई पनि बोलाइएको छ । तर उनीहरुले सहयोग मात्रै गर्ने र प्रत्यारोपणको काम नेपाली डाक्टरहरुले नै गर्ने अस्पातलले जनाएको छ ।

उहाँलाई भान्जी नाता पार्ने समीक्षा संग्रौलाले मिर्गौला दिन लाग्नुभएको हो । बिहान ९ बजे आसपासमा सुरु गरिने मिर्गौला प्रत्यारोपण गर्न झण्डै चार घण्टा लाग्ने अस्पतालले जनाएको छ । यसैबीच पछिल्लो समय नेपालमा मिर्गौला प्रत्यारोपण ९८ प्रतिशत सफल भएको पाइएको छ ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेले नेपालमा यस अघि दोश्रो पटक मिर्गौला प्रत्यारोपण गराएका १० जना सबैको शल्यक्रिया सफल भएको र समग्रमा ९८ प्रतिशत प्रत्यारोपण सफल भएको भन्दै प्रधानममन्त्रीको उपचार सफल हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालमै मृगौला प्रत्यारोपण गराउन लाग्नुभएको भन्दै डाक्टर तथा नागरिकहरुले खुशी व्यक्त गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया