प्रम ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा लगियाे

 फागुन २१, २०७६ बुधबार १०:३४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा लगिएको छ ।

गएकाे सोमबार अस्पताल भर्ना हुनुभएका उहाँको मिर्गौला प्रत्यारोपणका लागि सबै तयारी पूरा गरी अप्रेसन थिएटरमा लगिएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डाक्टर प्रेमकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । मिर्गौला प्रत्यारोपणका लागि डाक्टर प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म रहने गरी डाक्टरको टोली खटिएको छ ।

प्रधानमन्त्री ओलीको १३ वर्ष अघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका डाक्टरलाई पनि बोलाइएको छ । तर उनीहरुले सहयोग मात्रै गर्ने र प्रत्यारोपणको काम नेपाली डाक्टरले नै गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । उहाँलाई भान्जी नाता पार्ने समीक्षा संग्रौलाले मिर्गौला दिन लाग्नुभएको हो । मिर्गौला प्रत्यारोपण गर्न झण्डै चार घण्टा लाग्ने अनुमान गरिएको छ । 

यसैबीच पहिलो प्रत्यारोपण भारतमा गराएका प्रधानमन्त्री ओलीले दोस्रो प्रत्यारोपण नेपालमै गर्न लागेकोमा डाक्टर तथा नागरिकले खुशी व्यक्त गरेका छन् ।

नेपाल चिकित्सक संघ र नेपाल ट्रान्सप्लान्ट सोसाइटीले विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीले नेपालमै प्रत्यारोपण गर्ने निर्णय गरेर नेपाली डाक्टरको हौसला बढाएकोमा आभार व्यक्ति गरेका छन् । उनीहरुले नेपालका उच्च ओहोदामा रहेका व्यक्तिलाई स्वदेशमै उपचार गर्न आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको कामना गर्नुभएको छ । यसैबीच वरिष्ठ मिर्गौलासफलताको कामना गर्दै उच्च पदस्थ व्यक्तिसँगै नेता तथा कार्यकर्ताले शुभकामना दिएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहले पनि ट्वीट गर्दै सफल प्रत्यारोपणसँगै सिघ्र स्वास्थ्य लाभको रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेले प्रधानममन्त्रीको उपचार सफल हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ ।

नेपालमा यस अघि दोश्रो पटक मिर्गौला प्रत्यारोपण गराएका १० जना सबैको सल्यक्रिया सफल भएको र समग्रमा ९८ प्रतिशत प्रत्यारोपण सफल भएको भन्दै उहाँले ढुक्क हुन आग्रह गर्नुभएको हो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया