प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

 फागुन २१, २०७६ बुधबार १५:१६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

चार घण्टा लगाएर गरिएको प्रत्यारोपण सफल भएको शिक्षण अस्पतालले जनाएकाे छ । शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजेदेखि प्रत्यारोपण सुरु भएको थियो । 

प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको ती डाक्टरको भनाई छ । यसबारे ४ बजे पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिइने अस्पतालले जनाएको छ । 

प्रधानमन्त्री ओलीकाे सफल मिर्गाैला प्रत्याराेपणकाे कामना गर्दै अस्पतालबाहिर ठूलै सङ्ख्या शुभेच्छुक उपस्थित भएका थिए । विभिन्न देशका प्रमुखले पनि प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका थिए । 

प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएकाे हाे । यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि मिर्गाैला प्रत्यारोपण गरिएको थियो । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया