सुक्खा पहिरो खसेपछि खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - भारतमा पर्यावरण सम्बन्धित अभियानमा सक्रिय रहेकी आठ वर्षीया बालिका लिसिप्रिया कञ्गुजमले प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको प्रस्ताव अस्वीकार गरेपछि चर्चामा आएकी छन् ।
लिसिप्रियाले ट्वीट गरेर प्रेरणादायी महिलामा आफूलाई राखेकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद दिदै धेरैपटक सोचेपछि सम्मान अस्वीकार गर्ने निर्णय गरेको बताएकी बीबीसीले जनाएको छ ।
उनी सन् २०१९ मा अन्तर्राष्ट्रिय शान्ति बाल पुरस्कारबाट सम्मानित भएकी थिइन । भारत सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा क्रियाशील महिलालाई सम्मान गर्ने क्रममा लिसिप्रियालाई पनि मनोनयन गरेको थियो ।
बालिकाले आफ्नो प्रशंसा र सम्मानको सट्टा संसदमा आफ्ना मागबारे छलफल गर्न आग्रह गरेकी छिन । उनले प्रधानमन्त्री मोदी र सांसदसँग जलवायु परिवर्तनसँग सम्बन्धित कानुन बनाउन माग गरिरहेकी हुन ।
लिसिप्रियाको प्रतिक्रियाप्रति कतिपयले सामाजिक सञ्जालमा उनको प्रशंसा गरेका छन् भने केहीले भारत सरकारको अपमान गरेको बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।