चीनमा नयाँ सङ्क्रमितकाे सङ्ख्या दुई महिनायताकै कम

 फागुन २६, २०७६ सोमबार १२:२५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चीनमा गएको २४ घण्टामा दुई महिनायताकै कम कोरोना सङ्क्रमित भेटिएका छन् ।

चीनमा कोरोना भाइरस फैलिएपछि जनवरी महिनादेखि दैनिक सङ्ख्या अद्यावधिक गर्न थालिएपछिकै सबैभन्दा कम मानिसमा सङ्क्रमण भएकाे हाे । चीनमा २४ घण्टामा ४० जना नयाँ सङ्क्रमित भेटिएको बीबीसीले जनाएको छ। 

पछिल्ला दिनमा चीनमा कोरोनाका नयाँ सङ्क्रमित भेटिने क्रम घट्दै गएकाे छ । तर अरु देशमा फैलने क्रम भने बढिरहेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना सङ्क्रमण अहिले विश्वका एक सय ९ देशमा पुगिसकेको छ । 

कोरोना भाइरसका कारण एक लाख १० हजारभन्दा धेरै मानिसमा सङ्क्रमण भएको छ भने ३८ सय ३१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । काेराेना सङ्क्रमण भएका ६२ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । 

पछिल्लो समय इटली, इरान, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, स्पेन, अमेरिका, जापान, स्विजरल्याण्ड लगायतका देशमा फैलिरहेको छ । 

कोरोनाको सङ्क्रमण फैलने क्रम तीव्र भएपछि इटलीले आफ्ना १४ प्रान्तका एक करोड ६० लाखभन्दा धेरै मानिसलाई यात्रामा पूर्ण प्रतिबन्ध लगाउँदै क्वारेण्टाइनमा राखेको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया